न्यूयोर्क(संयुक्त राज्य अमेरिका), १ असोज । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसबीच भेटवार्ता भएको छ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो।
महासभामा सहभागी हुन शनिबार साँझ अमेरिका प्रस्थान गरेको प्रधानमन्त्रीको टोली आइतबार न्युयोर्क पुगेको थियो।
प्रधानमन्त्री दाहालको टोलीलाई जोन एफ।केनेडि इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर थापाले स्वागत गर्नुभएको थियो।



















