Prakash Adhikari October 4, 2023

काठमाडौँ, १७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा यही असोज २१ गते आइतबार बेलायतको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा यही असोज २६ गतेसम्म हुने प्रधानसेनापतिको बेलायत भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जङ्गी अड्डामा छलफल भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
–––

Share Now

Leave a comment.