काठमाडौं, १८ असोज । सर्वोच्च अदालतले नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने सरकारको निर्णयविरूद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त आदेश जारी गरेको हो।
रिगल खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेको अभियोग प्रमाणित भएपछि जेलमा परेका थिए ।
यस बर्षको संविधान दिवसका अवसरमा राष्ट्रपतिले दिने बाँकी कैद सजाँय मिनाहमा उनी छुटेका थिए । उनी जेलबाट रिहा भएपछि चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।


















