Prakash Adhikari October 10, 2023

काठमाडौं,२३ असोज । गुह्येश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी नियुक्त हुनुभएको छ ।

सोमबार नियुक्त हुनभएका अधिकारीले सोही दिनबाटै पदभार ग्रहण गरिसक्नु भएको छ।

एसियन लाइफ इन्स्योरेन्सका संस्थापकहरुले खोलेको यस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले राजिनामा दिएपछि अधिकारी सो पदमा नियुक्त हुनुभएको हो।

नवनियुक्त सीईओ अधिकारीसँग दुई दशकको बैंकिङ अनुभव छ । वि.सं. २०५८ मा पोखराको माछापुच्छ्रे बैंकमा सुपरभाइजर पदबाट उहाँले बैंकिङ करियर सुरु गर्नुभएको थियो ।

लामो समय माछापुच्छ्रेमा बिताएपछि उहाँ तत्कालिन कास्की फाइनान्सको प्रमुख कार्यकारी अधिकृत बन्नुभयो ।करीब ७ वर्ष कास्की फाइनान्मा नेतृत्व गरेपछि उहाँले फाइनान्सलाई कामना विकास बैंकसँग मर्जर गराउनुभयो ।

कामना विकास बैंकमा उहाँले डेढ वर्ष सीईओकै रुपमा काम गर्नुभयो । त्यसपछि कामना विकास बैंक र सेवा विकास बैंक मर्जर भयो । त्यसरी बनेको कामना सेवा विकास बैंकमा सेवा विकास बैंकका सीईओ नै सीईओ राख्ने समझदारी बन्यो । र उहाँलाई डेपुटी सीईओमा राखियो ।

साढे ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भएको व्यक्तिलाई डेपुटी सीईओ बनाइए पछि उहाँले मर्जरको ४ महिनामै पदत्याग गरिदिनुभयो । त्यसपछि उहाँ बेस्ट फाइनान्सको सीईओ बन्नुभयो। त्यहाँ साढे २ वर्ष काम गरेपछि उनी पछिल्लो २ वर्ष बैंकिङ क्षेत्रको नेतृत्व बाहिर बस्नुभयो ।

एक दशकभन्दा बढी (११ वर्षको) सीईओको जिम्मेवारी सम्हाल्नुभएका अधिकारी गुह्येश्वरी मर्चेन्ट बैंकको व्यवस्थापकीय नेतृत्व सम्हाल्न आईपुग्नुभएको छ ।

उहाँको कुशल नेतृत्वमा संस्थाले अझ राम्रो प्रगति गर्ने विश्वास सञ्चालकहरुले व्यक्त गर्नुभएको छ ।

Share Now

Leave a comment.