Prakash Adhikari October 14, 2023

खोटाङ, २७ असोज : दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो पहिलो भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना गरेको सो प्रतियोगितामा दिक्तेल डोजोले १५ स्वर्ण, १३ रजत र १९ कास्य पदक प्राप्त गरेको हो ।

तीन स्वर्ण, तीन रजत र सात कास्यसहित हलेसी डोजो दोस्रो तथा दुई रजत र पाँच कास्यसहित च्यास्मिडार डोजो तेसो भएको सङ्घका अध्यक्ष मिलन कसजूले जानकारी दिनुभयो । धितुङ डोजो दुई कास्य पदकसहित चौथो भयो । दिक्तेल डोजोका लागि सिबिहाङ राई, जिताहाङ राई, सुसम राई, शिशिर राई, प्रणयविक्रम राई, सोनाम राई, सन्देश राई विकास आचार्य, सरगम राई, सोमिया राई, समीक्षा राई, आयुश्मा राई, स्मृति राई, सुशीला राई र मुना श्रेष्ठले आ–आफ्नो तौल समूहमा स्वर्ण पदक जिते ।

यस्तै हलेसी डोजोका लागि सुनिल परियार, थर्डसन राई, डोमन राई, ओलिसा राई र रोजिना शङ्करले आ–आफ्नो तौल समूहमा स्वर्ण जिते ।

च्यास्मिटार डोजोका लागि सङ्गम राई र अनुप राईले रजत तथा अर्बिन राई, सन्देश राई, मिलन राई, दिक्षा राई र प्रयुसा राईले कास्य पदक प्राप्त गरे । धितुङ डोजोका मनिता दर्नाल र युकेश राईले कास्य पदक प्राप्त गरे । पुरुष एकल कातामा दिक्तेलका अभिशेक राईले स्वर्ण, सोनाम राईले रजत तथा विकास आचार्य र आयुस भुजेलले कास्य पदक पाए ।

महिला एकल कातामा दिक्तेल डोजोकै सोमिया राईले स्वर्ण, अनिशा राईले रजत तथा विसुका राई र करुणा राईले कास्य पदक पाए ।

Share Now

Leave a comment.