Prakash Adhikari October 18, 2023

काठमाडौं , १ कार्तिक । नेपालले त्रिकोणात्मक टी २० आई सिरिज अन्तर्गत आज युएईसँग खेल्दैछ । खेल दिउँसो १ बजे मूलपानीको माथिल्लो क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको नेतृत्व कप्तान रोहित पौडेल र युएईको मोहम्मद वासिमले गर्नेछन् ।

मूलपानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यो मैदान टी २० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बन्नेछ ।

नेपालले पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको छ । पछिल्लो समयको उच्च लय, एसिया कप र १९ औं एसियाली खेलकुदमा भारतविरुद्धको प्रदर्शनले नेपाली टोलीको मनोबल झनै उच्च छ । नेपाल सोही लय र प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ । नेपाललाई घरेलु मैदान र घरेलुु दर्शकको लाभ पनि हुने छ ।

विगतमा नेपालको मार्गमा सधै तगारो बन्दै अएको युएई कमजोर टीम होइन । दुई महिना अघि टी २० आई सिरिजमा उसले न्युजिल्यान्डलाई हराएको थियो । टी २० क्रिकेटमा युएईको प्रदर्शन उच्च स्तरको रहदै आएको छ ।

एसियाडमा विश्व कीर्तिमान कायम गरेको नेपाली टीममा पूर्वकप्तान सन्दीप लामिछाने हुने छैनन् । उनको स्थानमा ललितनारायण राजवंशी, सूर्य तामाङ, सागर ढकाल र मौसम ढकाल मध्ये एकले मौका पाउनेछन् ।

मोन्टी देशाई मुख्य ब्याटिड. प्रशिक्षकको रुपमा आएपछि नेपालको ब्याटिड. सुध्रेको छ । कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा र करण केसी विष्फोटक ब्याटिङ गर्न सक्छन् । बलिड.मा अभिनाश बोहराको उच्चस्तरको प्रदर्शनको अपेक्षा रहेको छ । सोमपाल कामी र करण केसी बलिड.मा नेपालका आधारस्तम्भ नै हुन् ।

दीपेन्द्रसिंह ऐरीको प्रदर्शनमा पनि सबैको नजर छ । उनले ११ औं एशियाडमा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक पूरा गरेका थिए ।

नेपालले टी २० आईमा युएईसँग गतवर्ष फेब्रुअरीमा आइसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलेको थियो । सो खेलमा पराजित भएकोले नेपाल विश्वकप खेल्ने अवसरबाट विमुख भएको थियो ।

 

Share Now

Leave a comment.