Prakash Adhikari October 18, 2023

काठमाडौं, १ कार्तिक । आजदेखि नेपालमा सुरु भएको नेपाल, हंगकंग र युएईबीचको त्रिकोणात्मक टी २० अन्तराष्ट्रिय ऋृखलाको पहिलो खेलमा नेपाललाई सुरुआती सफलता प्राप्त भएको छ ।

काठमाडौंको मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा नेपाल र युएईबीच भैरहेको खेलमा नेपालले नवांैं ओभरभित्रै चौथो विकेट लिएको छ ।

नेपाललाई चौथो विकेट गुलशन झाले दिलाएका हुन् । उनले नवौं ओभरके चौथो बलमा युएईका आशिफ खानको विकेट लिएका थिए । झाले तेस्रो विकेट पनि झारेका थिए । उनले युएईका कप्तान मोहम्मद वासिमको विकेट लिएका हुन् । सातौ ओभरमा पहिलो स्पेलमा आएका गुलशनले पहिलो बलमा नै वासिमको विकेट लिएका थिए ।

यस अगाडि नेपाललाई दोस्रो सफलता करण के.सी.ले दिलाएका थिए । चौथो ओभरमा दोस्रो स्पेलमा आएका करणले
ओभरको पहिलो बलमा अलिशन शरफूलाई आउट गरेका थिए । नेपालका तीव्र गतिका बलर सोमपाल कामीले त्रिकोणात्मक टि२० आई सिरिजमा युएईविरुद्ध पहिलो ओभरमै विकेट लिएका छन् ।

आजको खेलमा नेपालका बलिड.का अर्का स्टार सोमपाल कामीले युएईका खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमा आउट गरेका थिए ।

युएईका लागि डेब्यू खेल खेलेका ओपनर खलिद शाह ठूलो सटको धुनमा मिडअफमा कप्तान रोहित पौडेलबाट क्याच आउट भएका थिए । उनले ६ बल खेल्दा खाता खोल्न सकेका थिएनन्।

अहिले खेल १२ औं ओभरको अन्त्यमा ७१ ।४  को अवस्थामा छ ।

यसअगाडि मूलपानीस्थित उपल्लो क्रिकेट मैदानमा टस जितेको नेपालले पहिले फिल्डिड. रोजेको थियो ।

खेलमा नेपालको नेतृत्व कप्तान रोहित पौडेल र युएईको मोहम्मद वासिमले गरिरहेका छन् ।

नेपालका तर्फबाट युएईसंगको खेलमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा र श्याम ढकाल खेलिरहेका छन् ।

युएईको प्लेइङ ११ मा मोहम्मद वासिम, खुलदील शाह, एलिशान शराफु, आसिफ खान, बासिल हमिद, अली नसिर, सन्चित शर्मा, मोहम्मद फराजुदीन, जहुर खान, मोहम्मद जवादुल्लाह र निलनाश केश्वानी रहेका छन् ।

Share Now

Leave a comment.