Prakash Adhikari October 19, 2023

काठमाडौं, २ कार्तिक । कुमारी बैंकको सहायक कम्पनीको रुपमा रहेको कुमारी क्यापिटल लिमिटेडले पाचौं बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको छ ।

कुमारी क्यापिटलले आफ्नो स्थापना दिवसको उपलक्ष्य असोज ३० गते मंगलबार नक्साल बक्सिङ क्लब, नागपोखरी को प्राङ्गणमा “रक्तदान जीवनदान”भन्ने मूल नाराकासाथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी र सर्वसाधरणको पनि सहभागिता रहेका जनाएको छ ।

कम्पनीले रक्तदान कार्यक्रममा सहभागी रक्तदाता, रक्तदान,संकलन र प्राविधिक व्यवस्थापन गर्नेनेपाल रेडक्रस सोसाइटी तथा का.म.न.पा.वडा नं. १ परिवारलाई विशेष दिएको छं ।

कम्पनीले आगामी बर्षहरुमा पनि मानवीय सेवाका कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिंदै आफूले प्रदान गर्ने सेवा अझ सहज रुपमा पु¥याउने जानकारी दिएको छ । कम्पनीले २०८० सालको बडा दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण सेवाग्राहीसहित समस्त नेपालीमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गरेको छ ।

 

Share Now

Leave a comment.