काठमाडौ, १० बैशाख । आगामी बजेटमा निजी क्षेत्रको सुझाबहरुलाई पनि सम्वोधन गरी बजेट तयार पार्न उद्योगी र व्यवसायीहरुले आग्रह गरेका छन्।
समृद्ध नेपाल खुशी नेपाल’ को सरकारी नारा उद्योगी व्यवसायीहरुका अप्ठेरोलाई ख्याल सम्बोधन गरी बजेट ल्याएमा सहजै पूरा हुने निजी क्षेत्रको दावी छ ।
सोमबार नेपाल चेम्वर अफ कमर्सले ‘आगामी वर्षको बजेट र राजश्व नीति तर्जुमाका सन्दर्भमा गरेको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले व्यवसाय मैत्रीपूर्ण हुने गरी बजेट ल्याउन आग्रह गरे।
चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले सहज तरिकाले व्यापारव्यवसाय चलाउन पाउने वातावरण सिर्जना गर्ने गरी बजेट ल्याउन आग्रह गरे।
बजेट ल्याउनु अघि निजी क्षेत्रले दिएका सुझाबहरु पनि समेटने गरी आउनुपर्ने श्रेष्ठको माग छ।
कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुंगानाले उद्योगी व्यवसायीहरुका बस्तुनिष्ठ तथा कार्यान्वयनयोग्य सुझाबहरुको सम्वोधन गरी नयाँ बजेट ल्याउने बताए।
उनले राजश्व संकलनलाई मध्यनजरी गरी आर्थिक समृद्धिका आधार तय गर्ने गरी नयाँ बजेट आउने बताए।