Prakash Adhikari November 3, 2023

मूलपानी(काठमाडौं), १७ कार्तिक । आईसीसी टी २० विश्वकप एशिया छनोट फाइनल खेल अन्तरगत आज मूलपानी क्रिकेट मैदानमा भैरहेको सेमिफाइनल खेलमा नेपाललाई सुरुआती ३ सफलता मिलेकोे छ ।

टस हारेर फिल्डिड.को निम्तो पाएको नेपालका बलर सन्दीप लामिछानले तेस्रो सफलता दिलाए । त्यसपहिले सोमपाल कामीले चौथो ओभरमा दुई विकेट झारेर नेपाललाई सुरुआती सफलता दिलाएका थिए ।

उनले चौथो ओभरको चौथो बलमा यूएईका ओपनर मोहम्मद वासिमको विकेट लिएका थिए ।

सोमपालले फालेको बलमा रन लिने प्रयास गर्दा अर्का ओपनर खालिद साह चौथो ओभरको पहिलो बलमा रन आउट भएका थिए ।

अहिले युएईका अलिफन सफरु र भृत्य अरबिन्द क्रिजमा रहेका छन् । युएईले १३ औं ओभरको अन्त्यमा तीन विकेटको क्षतिमा ८४ रन जोडेको छ ।

Share Now

Leave a comment.