मूलपानी(काठमाडौं), १७ कार्तिक । आईसीसी टी २० विश्वकप एशिया छनोट फाइनल खेल अन्तरगत आज मूलपानी क्रिकेट मैदानमा भैरहेको सेमिफाइनल खेलमा नेपाललाई चौथो सफलता मिलेकोे छ ।
टस हारेर फिल्डिड.को निम्तो पाएको नेपालका अल राउण्डर खेलाडी कुशल मल्लले चौथो सफलता दिलाएका हुन् ।
उनले १४ औं ओभरको चौथो बलमा युएईका अलिफन सरफूलाई प्याभिलियनको बाटो देखाए । नेपाललाई सन्दीप लामिछानले तेस्रो सफलता दिलाएका थिए । त्यसपहिले सोमपाल कामीले चौथो ओभरमा दुई विकेट झारेर नेपाललाई सुरुआती सफलता दिलाएका थिए ।
उनले चौथो ओभरको चौथो बलमा यूएईका ओपनर मोहम्मद वासिमको विकेट लिएका थिए ।
सोमपालले फालेको बलमा रन लिने प्रयास गर्दा अर्का ओपनर खालिद साह चौथो ओभरको पहिलो बलमा रन आउट भएका थिए ।
अहिले युएईका अलिफन सफरु र भृत्य अरबिन्द क्रिजमा रहेका छन् । युएईले १५औं ओभरको अन्त्यमा ४ विकेटको क्षतिमा ९४ रन जोडेको छ ।


















