Prakash Adhikari November 4, 2023

काठमाडौँ, १८ कात्तिक । कर्णाली प्रदेशको जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७, १२ः०८,१२ः२९,१२ः३५ गरी ४ पटकको क्रमशस् ६ं४,४ं८,४ं२, ४ं३ रेक्टर स्केलको भूकम्पले आवासीय भवनहरु क्षतिग्रस्त हुँदा रूकुम पश्चिम र जाजरकोटमा डेढसय भन्दा बढी नागरिकको दुःखद मृत्यु हुन पुगेको छ । सयौ नागरिकहरु घाइते भएका छन् ।

प्राकृतिक विपत्तिमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय निकायका जनप्रतिनिधिसहित राजनीतिक पार्टीका कार्यकर्ताहरु पनि प्रभावित क्षेत्रको खोजी,उद्धार र उपचारमा संलग्न छन् । तर प्राकृतिक प्रकोपको खोजी, उद्धार,उपचारको पहिलो चरणमा नेपाल सरकारले संयम गुमाएको देखिएकोे छ । खास गरी सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह नगरीकन सस्तो लोकप्रियता हासिल गर्न काठमाडौंबाट सेना, केही राहत सामग्री र केही चिकित्सकहरु बोकेर सीधै प्रभावित जिल्ला जानुभएको छ । उहाँ आफै उद्धारलाई सघाउनुभएको छ र घाइतेहरुको उपचारको अवस्था बुझिरहनुभएको छ ।

सस्तो लोकप्रियताको स्टण्टबाजी गर्ने क्रममा उहाँले राजकीय प्रक्रिया मिच्नुभएको छ । प्राकृतिक प्रकोपमा पनि सेना परिचालन गर्ने निर्णय क्याबिनेटबाट पारित गरी राष्ट्रपतिबाट स्वीकृति हुनुपर्ने थियो । त्यो कुरा चटक्कै विसिएको छ ।

भूकम्प गएपछि बिहान प्रधानमन्त्री काठमाडौंबाट जाजरकोट प्रस्थान गर्नेसयमबीच करिब ९ घण्टाको समयावधि थियो । यो बीचमा उहाँले मन्त्रिपरिषद्को आकास्मिक बैठक बोलाउन सक्नुहून्थ्यो । त्यसो गर्न उहाँ चुक्नुभएको छ ।

उहाँ काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरीका चिकित्सक बोकेर जाजरकोट उड्नुभयो तर नेपाली सेना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसंग संबन्धित विभागीय मन्त्रीहरुसग राम्रो समन्वय गरेको देखिएन् ।

प्रचण्ड क्याबिनेटमा वरियतामा दोस्रो स्थानमा रहनुभएका तथा सत्ता साझेदार नेपाली कांग्रेसको तर्फबाट सरकारका नेतृत्व गर्नुभएका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का भूकम्प आउनु पूर्व नै आफ्नो गृहजिल्ला सुर्खेतमा हुनुहुन्थ्यो । उहाँसंग समन्वय गरेको भए कर्णाली प्रदेशमा भएको यस विपत्को सामना गर्न सरकार एकजुट भएर लागेको सन्देश जान सक्दथ्यो । तर प्रधानमन्त्री दाहालले उहाँलाई पूरै उपेक्षा गर्नुभयो । जलस्रोत,सिंचाई र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई लिएर जाजरकोटका सिडिओसंग ब्रिफिड. लिएर अस्पताल अस्पतालमा बिरामी भेट्न जानुभयो ।

प्रधानमन्त्री प्रचण्डले यस क्रममा संघीयताको मर्ममा पनि प्रहार गर्नुभएको छ । संघीयताको मर्म के हो भने प्रदेशभित्रको प्रशासनिक वा विकास निर्माणका काम हुन वा विपत्ति नियन्त्रणका प्रयासहरु केन्द्रको स्रोत,साधन र जनशक्ति पुग्नुपहिले तिनले काम गर्नुपर्दछ । ती छिटो पुग्न सक्दछन् । तिनको काम प्रभावकारी बन्न सक्दछ ।

अघिल्लो रात आएको भूकम्प प्रभावित कर्णाली प्रदेशको सरकार भोलिपल्ट ९ बजेसम्म केन्द्रबाट सेना परिचालनको कुनै निर्देशन आउछ कि भनेर पर्खिएर बस्यो । उसले प्रधानमन्त्री प्रदेशमा आएर खोजी तथा उद्धारमा संलग्न भएको खबर पायो । तर प्रदेशले के गर्ने भन्ने निर्देशन पाएन । किम कर्तव्य बिमूढ भएर बस्यो । प्रदेश सरकारले यति बिघ्न विपत्तिमा खोजी,उद्धार र उपचारमा आफ्नो भूमिका पाएन । संविधान प्रदत्त कर्तव्य पूरा गर्न आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारको साथ पाएन। प्रधानमन्त्रीलाई थाहा थियो ।

आफ्नो सरकारका उपप्रधान तथा रक्षा मन्त्री भूकम्प प्रभावित प्रदेशको राजधानीमा नै हुनुहुन्छ , उहालाई प्रदेशसंग समन्वय गरेर सुरक्षा निकाय परिचालन गर्ने निर्णय राति नै गरिदिएको भए  बिहान झिसमिसेमा धेरै घाइतेहरुको खोजी र उद्धार प्रभावकारी रुपमा हुन सक्ने थियो ।

प्रधानमन्त्रीले उपेक्षा गरेर भूमिकाबिहिन बनाए पनि उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेतमा बसेर भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारको आफूले सकेको समन्वय गर्नुभएको छ । उहाँले प्राकृतिक प्रकोपको बेला जीवनरक्षा नै पहिलो काम भएको बताउनुभएको छ ।

आज सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरुको जीवनरक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधान परिचालन गरिएको बताउनुभयो ।

रक्षामन्त्री समेत रहुनभएका खड्काले घाइतेहरुको उपचारका लागि काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रक र एमआई–१७ हेलिकोप्टरलगायत तीन वटा हेलिकोप्टर उद्धार तथा राहतमा प्रयोग भइरहेको जानकारी दिनुभयो ।

“हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्धार गरी अस्पताल पु¥याउनु हो”, उहाँले भन्नुभयो, “त्यसपछि राहत वितरणको कामका लागि नेपाली सेनालगायतको सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ ।”

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भूकम्प प्रभावित जाजरकोट पुग्नुभएको र आवश्यक उद्धार र राहतको काम भइरहेको बताउनुभयो । उहाँले उद्धार र राहतमा खट्नका लागि सबैलाई आग्रह गर्नुभएको छ ।

Share Now

Leave a comment.