Prakash Adhikari November 20, 2023

अहमदावाद(गुजरात, भारत), ३ मंसिर । यस बर्षको आईसीसी एकदिवसीय क्रिकेट विश्वकप च्याम्पियनको उपाधि अष्ट्रेलियाले जितेको छ ।
आइतबार भएको सनसनीपूर्ण खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले सो उपाधि जितेको हो ।

जितको लागि भारतबाट पाएको २ सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेटको क्षतिमा हासिल गरेको थियो ।

अष्ट्रेलियालाई उपाधि दिलाउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको शानदार शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे ।

अष्ट्रेलियालाई च्याम्पियन बनाउन चौथो विकेटका लागि ओपनर हेड र लाबुसेन १ सय ९२ रनको सानदार शतकीय साझेदारी गरेका थिए । टोलिलाई दुई रन चाहिदा हेड आउट भएका थिए ।त्यसपछि ब्याट सम्हालेका ग्लेन म्याक्सवेलले २ रन जोडेर टिमलाई बिजयी बनाएका थिए ।

ओपनर डेविड वार्नर मोहम्मद शामीको दोस्रो ओभरको पहिलो बलमै एज लागेर विराट कोहलीबाट ७ रनमा क्याच आउट भएका थिए ।

मिचेल मार्श जस्पित बुमराहको पाँचौ ओभरको तेस्रो बलमा १६ रनमा क्याच आउट भए । एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए । उनले १५ बलमा १ चौका र १ छक्का हाने ।

त्यसअघि नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रन जोड्दा अल आउट भएको थियो ।

भारतका लागी विकेटकिपर लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडेका थिए ।

कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।

भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनी तेस्रो विकेटको पतनपछि राम्रो खेल्न सकेन।

अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए ।

 

स्पिनर ग्लेन म्याक्सवेलले १० औं ओभरको चौथो बलमा रोहित शर्मालाई ४७ रनमा आउट गराए । ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका थिए । क्याप्टेन रोहित शर्माको छिटो बिदाई नै भारतका लागि महंगो परेको थियो ।।

त्यसपछि कुनै पनि भारतिय ब्याटरले राम्रो गर्न सकेनन् । भारतले १० ओभरपछि अर्को बाउन्ड्रि लिन ९७ बलको सामना गर्नुपरेको थियो ।

प्याट कमिन्सको १० औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भएका थिए ।

चौथो विकेटका लागि १ सय ९ बलमा ६७ रनको साझेदारी गरेका थिए ।

प्याट कमिन्सको २९ औं ओभरको तेस्रो बलमा कोहली ५४ रनमा आउट भए । कोहली आउटसँगै ठूलो योगफलको सम्भावना पनि सकिएको थियो ।

रबिन्द्र जडेजा २२ बलमा ९ रन बनाउदै क्याच आउट भए । सुर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भए ।

अष्ट्रेलियालाई च्याम्पियन बनाउन तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । अष्ट्रेलियालाई जिताउन उनको कप्तानी पनि महत्त्वपूर्ण रह्यो ।

एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिएका थिए ।

ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका थिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिएका थिए ।

भारतले लिगमा सबै खेल जितेको थियो । लिगमा भारतले ६ विकेटले अष्ट्रेलियालाई हराएको थियो ।

यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतको भने २०११ पछि उपाधी जित्ने सपना पुन अधुरै रह्यो ।

Share Now