जावलाखेल (ललितपुर), ११ मंसिर । काठमाडौँमा आई विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेका पर्सावासीहरुको संस्था पर्सा मिलन केन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका पर्साका व्यक्तित्वहरुलाई यही मंसिर ९ गते राजधानीमा आयोजित एक कार्यक्रममा सम्मानित गरेको छ ।
सम्माननीय उपराष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्यता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालूको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभन्न १० विधामा १० जनालाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनुहुनेमा शिक्षातर्फ प्रा. डा. रामदेव तिवारी, स्वास्थ्यमा डा अचला वैद्य,.कलामा सलीम अहमद,साहित्यमा दिनेश गुप्ता,उद्योगमा ताराचन्द्र केडिया, व्यवसायमा उर्मिला श्रेष्ठ प्रधान, खेलकुदमा कुन्दन साह तुरहा (कुस्ती),सामाजिक क्षेत्रमा मनोज राम, संचारमा ध्रुवकुमार साह तेली र.विज्ञान तथा प्रविधिमा ई.चन्देश्वर राउत हुनुहुन्छ ।
त्यस्तै कार्यक्रममा ६ जना व्यक्तित्वलाई अभिनन्दनसहित सम्मानित गरिएको थियो भने ३ जनालाई कदर पत्रले सम्मानित गरिएको थियो । अभिनन्दित हुनुहुनेमा सहित्यतर्फ.गणेश लाठ, प्रमोदप्रसाद नेपाललाइ लाइफटाइम एचिभमेण्ट अवार्र्ड, महेशबहादुर श्रेष्ठ , महेश गोर्खालीलाई सम्मानित गरिएको थियो । स्व.तेज बहादुर अमात्य र स्व.चुडामणि राज सिंह मल्ललाई मरणोपरान्त सम्मानित गरिएको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिका, जगरनाथपुर गाउँपालिका र मानवसेवा आश्रमलाई कदरपत्र प्रदान गरिएको थियो ।
कदर पत्र पाउने अन्य व्यक्तित्वहरुमा प्रतिमा चौधरी (सञ्चार), रुबी राणा शाह (प्रथम मिस नेपाल), उषा खड्गी (मिस नेपाल), प्रसिद्धि शाह (मिस नेपाल इन्टरनेशनल २०२३), प्रविण मानन्धर (रक्तदान संचार सेवा), प्रदर्शनी कुमारी (महिला पुर्व प्रमुख जिल्ला अधिकारी), डा.सुरेन्द्र महतो (विद्यावारिधि), मिरा शाह (पोषण विज्ञ), अरविन्द साह (खल्ती एप), प्रथा बस्नेत (एफोर्डेवल थ्रिफ्ट स्टोर नेपाल), राजन श्रीवास्तव (समाज सेवा), ई.आयुष केडिया (युवा व्यवसाय), हिमान्सु गुप्ता (रजत पदक जुडो), मुस्कान खातुुन (एसिड आक्रमण विरुद्धको अभियन्ता), रिंकु कुमारी ठाकुर (बाल विवाह विरुद्धको अभियन्ता), श्रवण प्रसाद साह (दैनिक भोजपुरी टाईम्स र इलष्लिभ एयचतब)ि, मनिष पौडेल (डिजिटल मेडिया), डा.ज्याउल हक अंसारी (विद्यावारीधि), ई. अंकु जयसवाल (एमटेक गोल्ड मेडलिष्ट) प्रशंसा पत्र ः मुकेश महतो नुनियाँ (पेिन्टङ), अमोद प्रसाद गुप्ता (भोजपुरी कविता), नरेश कुमार पटेल (वाणिज्य), ई.सौरभ गुप्ता (एमटेक गोल्ड मेडलिष्ट) हुनुहुन्छ ।
पर्साबाट राजधानी आई बसेका पर्सालीबीच आपसी मेलमिलाप, भाइचारा, सदभाव र सहयोग कायम राख्ने उद्देश्य लिएर ३३ वर्ष अगाडि पर्सा मिलन केन्द्रको स्थापना भएको थियो ।
केन्द्रले २०५५ साल कात्र्तिक २६ गते देखि “पर्सा दिवस समारोह” मनाउँदै आएको छ । यस बर्ष कार्तिक २६ गते तिहार पर्न गएको र त्यस लगत्तै छठ पर्व परेकोले सो कार्यक्रम मंसिरको ९ गते मनाइएको थियो ।
समारोहमा केन्द्रद्वारा प्रकाशित स्मारिका एवं पर्सा डाइरेक्टरीको पाचौँ संस्करण –२०८० तथा विजय किशोर पाण्डेयद्वारा लिखित सिम्रौनगढको इतिहासको विमोचन र वितरण पनि गरिएको थियो ।
कार्यक्रममा उपत्यकामा रहेका पर्सावासी, केन्द्रका आजीवन सदस्य, सल्लाहकार, पूर्व अध्यक्ष पूर्व सम्मानित व्यक्तित्वहरु, माननीय सांसद, पूर्वराजदुत एवम् निर्वाचन आयुक्त, पत्रकार तथा अन्य शुभेच्छुकहरुको उत्साहजनक सहभागिता थियो ।


















