काठमाडौँ, २० मङ्सिर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि अस्वस्थ हुनुभएको छ ।
छातीमा असहज महसुस भएपछि गएराति साढे ११ बजे उहाँलाई गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भर्ना गरिएको थियो।
हाल सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको छ। उहाँको स्वास्थ्यावस्था स्थिर रहेको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यू नियमित स्वास्थ्य परीक्षणका क्रममा आज मिति २०८० मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना हुनुभई आंशिक अवरोध रहेको भागमा समेत डा.अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरी सघन उपचार कक्षमा उपचाररत रहनुभएको र हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा अस्पतालले जनाएको छ,’ मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसअघि गएको कात्तिक १ गते चीन भ्रमणका क्रममा श्रेष्ठलाई हृदयाघात भएको थियो।
हृदयाघात भएपछि बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा एक सातासम्म उपचार गराएर उहाँ स्वदेश फर्किनुभएको थियो ।
प्रधानमन्त्री पुग्नुभयो भेट्न
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न अस्पताल पुग्नुभएको छ।
छातीमा असहज भएपछि श्रेष्ठलाई गएराति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भर्ना गरिएको छ।
बुधबार बिहानै अस्पतालमा पुगेर प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेनुभएको हो । उहाँले त्यसक्रममा प्रधानमन्त्रीले गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाको विषयमा चिकित्सकसँग जानकारी लिनुभएको छ।
हृदय रोग केन्द्रको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ। श्रेष्ठको अवस्था सामान्य बन्दै गएको उहाँले सचिवालयले जनाएको छ।


















