Prakash Adhikari December 19, 2023

 

गाजा सिटी(गाजा,यालेस्टाइन), ३ पौष(बीबीसी) । हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ तारिखमा युद्ध सुरु भएयता १९ हजर ६ सय ६७ जना मारिएका जनाएको छ।

मारिनेको पछिल्लो सङ्ख्या सामाजिक सञ्जालमा खुलाउँदै मन्त्रालयले थप ५२ हजर ५ सय ८६ व्यक्ति घाइते भएका जनाएको छ।

उक्त क्षेत्रमा लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाव परिरहेका बेला मृत्यु हुने र घाइते हुने मानिसको ताजा सङ्ख्या सार्वजनिक भएको हो।

अक्टोबरमा हमासका बन्दुकधारीले दक्षिणी इजरेलमा गरेको हमलायता भएको युद्धको १० साता बितिसकेको छ।

दक्षिणी गाजास्थित रफाहमा बस्ने सर्वसाधारणले इजरेलको भारी बमबारीका कारण त्यहाँको जीवन कस्तो छ भन्नेबारे सुनाएका छन्।

प्यालेस्टिनी जिहाद जुरोबले सञ्चारसंस्था एएफपीसँग बोल्दै भन्नुभया, “ठूलो विस्फोटनको आवाज सुन्दा हामी सुतिरहेका थियौँ।”

गाजा सहरबाट आन्तरिक रूपमा विस्थापित हुनुभएका जुरोबले आफूले चमत्कारले मृत्यु छलेको र लुगा राख्ने ठाउँबाट आफूहरूको उद्धार भएको बताउनुभयो।

जुरोबले सुरक्षाका लागि दक्षिणी क्षेत्र छोडेको भए पनि गाजामा जताततै बमबारी भएका कारण कतै पनि सुरक्षित ठाउँ नरहेको बताउनुभयो।

गाजा सहरबाट विस्थापित भएका अर्का व्यक्ति मोहम्मद जुरोबले हमलापछि इँटाहरू आफूमाथि खसेपछि ब्युँझिएको बताउनुभयो। ूमेरो शरीरमा जताततै चोटहरू छन्, मेरो खुट्टा यस्ता चोटहरूले भरिएका छन्।ू

हमलामा ज्यान गुमाउनेमा काका, काकाका सन्तानलगायत रहेको उहाँले बताउनुभयो।

ूमैले यहाँ आफ्नो परिवारका नौजना गुमाए,” उहाँले भन्नुभयो।

सुरक्षा परिषद्‌मा छलफल

गाजामा युद्धविराम गर्नेबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा मतदान हुनुअघि जिनिभामा सहायता निकायहरूले बालबालिकासहित सर्वसाधारणले भोगिरहेको पीडाप्रति एक पटक फेरि आफ्नो आक्रोश र निराशा व्यक्त गरेका छन्।

राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा गाजामा युद्धविरामबारे दोस्रो पटक मतदानको तयारी भइरहेको छ। यसअघि भएको मतदानमा अमेरिकाले भिटो प्रयोग गरेको थियो।

विश्व स्वास्थ्य सङ्गठनकी मार्गरेट ह्यारिसले भन्नुभयो, “विश्वले यस्तो काम हुन दिइरहेको छ भन्ने नै विश्वास गर्नै नसकिने कुरा हो, यो अनुचित हो।ू

विश्व स्वास्थ्य सङ्गठनले गाजामा मुस्किलले एक तिहाइ अस्पतालहरू अझै सञ्चालनमा रहेको र तिनीहरूले एकदमै कम सेवा दिन सकिरहेको बताएको छ।

ह्यारिसले गाजामा रहेका आफ्ना सहकर्मीहरूसँग त्यहाँ आफूले देखेको भयावह अवस्था व्याख्या गर्न शब्द नै नभएको बताउनुभयो।

सहायता निकायहरूको अस्पष्टताले अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसङ्घको सुरक्षा परिषद्को यो र अन्य द्वन्द्व सल्टाउन नसकेकोप्रति बढ्दो आक्रोश देखाउँछ जुन द्वन्द्वमा बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका मानिसहरूले सबैभन्दा बढी मूल्य चुकाउनुपरेको छ।

Share Now