Prakash Adhikari December 24, 2023

काठमाडौँ, ८ पौष। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ ।

काठमाडौं जिल्ला अदालतमा विगत एक वर्षदेखि मुद्दा चलिरहेको भए पनि फैसला आउन सकेको छैन । मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन नसकेको हो । यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिइसकेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।

१८ वर्षभन्दा कम उमेरकी किशोरीसंग यौनाचार गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।

सन्दीप विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।

 

Share Now