Prakash Adhikari December 24, 2023

च्यासल(ललितपुर),८ पौष । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन्।

आज दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरिने पत्रकार सम्मेलनमा एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ को बारेमा जानकारी दिइनेछ।

पत्रकार सम्मेलनमा बैतडीको झुलाघाटदेखि सुरु भएर १७ औँ दिनमा पाँचथरको झुलाभञ्ज्याङसम्म पुग्ने क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने जनाईएको छ । सम्मेलनमा अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीसहितका केन्द्रीय पदाधिकारीको उपस्थिति रहनेछ।

यसअघि एमाले सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको निष्कर्ण निकालिसकेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अभियानले पूर्णरुपमा राजनीतिक उपलब्धि हासिल गरेको र मध्यपहाडी लोकमार्गका समस्या पहिचान गरेको छ।

जनताको विकासप्रतिको अपेक्षा र चाहनालाई एमालेले सरकार हुँदा काम गरेको र प्रतिपक्षमा हुँदा दृढतापूर्वक उठाएर जनताको पक्षमा आवाज बुलन्द गरेको बैठकको निष्कर्ष छ।

Share Now