काठमाडौं, १६ पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा(ग्राउण्ड ह्याण्डलिड.) अब नेपाल वायुसेवा निगमबाट कसैले खोस्न नसक्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम बचाउन महत्वपूर्ण भूमिका खेलिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा अरुलाई दिन नसकिने बताएपछि यसमा उठेको विवाद पनि लगभग समाप्त भएको छ ।
आइतबार नेपाल नागरिक उड्डयन नागरिक प्राधिकरणको २५ औं वार्षिकोत्सवमा अवसरमा बोल्दै मन्त्री किराँतीले स्पष्ट भन्नुभयो, नेपाल वायुसेवा निगम राष्ट्रको पहिचान हो । निगम जोगाउन ग्राउण्ड ह्याण्डलिड. चाहिन्छ । त्यसैले ग्राउण्ड ह्याण्डलिड. खोस्ने कुरा नगर्नुस् ।
नागरिक उडड्यन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिड. सेवा निगमबाट खोसेर प्रतिस्पर्धामा अन्य कम्पनीलाई दिने प्रक्रिया सुरु गरिसकेको थियो । तर तालुकदार मन्त्रालयका मन्त्री स्वयंले प्राधिकरणको मञ्चमा आएर निगमको पक्षमा बोलिदिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र हवाईमाफियाहरुको मुखमा बुझो लागेको छ ।
नेपाल वायुसेवा निगमको आन्तरिक उडान सेवा नोक्सानीमा छ । अन्तर्राष्ट्रिय उडान सेवामा पनि वाइडबडीका विमानहरुले लड. हल उडान गन्तव्य पाउन सकेका छैनन् । अपरेटिड. खर्च बढी हुने र सर्ट हलमा उडाउदा नाफा आर्जन गर्न सकेका छैनन् ।
निगमको दुई न्यारोबडीका जहाजको उडान मात्र नाफामा छ । त्यसले निगमले वाइडबडी र न्यारोबडी जहाज खरिद गर्दा लिइएको झण्डै ३४ अर्ब (न्यारोलाई १० अर्ब र बाइडबडीलाई २४ अर्ब) कर्जाको साँबाब्याज भुक्तानी गर्न भ्याइरहेको छैन । यस्तोमा निगमका कर्मचारी पाल्ने र अन्य खर्च धान्ने नाफा यही ग्राउण्ड ह्याण्डलिड.बाट उठिरहेको छ । यो सेवाबाट निगमलाई बञ्चित गर्नासाथ निगम धराशायी हुन जान्छ । त्यसैले मन्त्री किराँतीले देशको राष्ट्रिय ध्वजाबाहक निगमलाई राष्ट्रको पहिचान भन्दै यसलाई बचाउन आवश्यक रहेको र निगमलाई बचाउन ग्राउण्ड ह्याण्डलिड. अत्यावश्यक भएको बताउनुभएको हो ।
मन्त्री किराँतीको यो स्पष्ट आवाजसंगै ग्राउण्ड ह्याण्डलिड. सेवा खोसेर निगमलाई धराशायी बनाउन खोज्ने गिरोह एकपटक पुन परास्त भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको भविष्य सुरक्षित हुन गएको छ ।


















