Prakash Adhikari January 2, 2024

टोकियो(जापान), १७ पौष(बीबीसी) । टोकियोको हानेदा विमानस्थलमा मंगलबार साँझ अवतरण गरेको जापान एअरलाइन्सको एउटा जहाजमा आगो लागेको छ ।

विवरणहरूमा उक्त विमान जापानी तटरक्षक विमानसँग ठोक्किएको जनाइएको छ।

जापानको सरकारी टेलिभिजन एनएचकेले देखाएको दृश्यमा जहाजको झ्याल र त्यसको वरपरबाट आगोको ज्वाला निस्कदै गरेको देखाएको छ ।

जापानको प्रसारक एनएचकेले देखाएको भिडिओ फुटेजमा मुस्लो विमानको झ्याल र तलपट्टिबाट आएको देखिन्छ।

विमानबाट यात्रुहरू छिटोछिटो निस्किरहेको पनि देखिएको छ।

एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन्।

एनएचकेले केही अधिकारीहरुसंग गरेको सोधपूछमा जहाज अन्य जहाजसंग जुधेर आगजनी भएको हुनुपर्दछ । जहाजमा यात्रुहरु रहेका छन् ।

जापान एअरलाइन्सको उडान नं ५१६ होक्काइडो विमानस्थलबाट टोकियोको हानेदा विमानस्थलमा आएको थियो ।

टोक्योस्थित विमानस्थलको धावनमार्गमा आगो लागेको विमान

Share Now