Prakash Adhikari January 3, 2024

काठमाडौँ, १८ पुस : न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहनुभएको छ । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ ।

यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ ।

न्याय परिषदबाट सिफारिश हुनुभएका उच्च अदालतको न्यायाधीशको नामावलीको लागि तल क्लिक गर्नुहोस्ः

http://www.jcs.gov.np/uploads/notices/1704267669%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B7%E0%A4%A6%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A6%E0%A5%A4%E0%A5%A6%E0%A5%AF%E0%A5%A4%E0%A5%A7%E0%A5%AE%20%E0%A4%AC%E0%A5%88%E0%A4%A0%E0%A4%95%20.pdf

 

Share Now