Prakash Adhikari January 7, 2024

पोखरा(कास्की), २२ पौष । पोखरा विश्वविद्यालय क्रिकेट क्लवमा नयाँ कार्यसमितिको चयन भएको छ ।

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा वसेको वैठकबाट अध्यक्षमा जगदिश भण्डारी, जेनेरल म्यानेजरमा बिक्रम धामी ,वरिष्ठ उपाध्यक्षमा प्रशान्त अधिकारी , उपाध्यक्षमा पूजन शर्मा,, सचिवमा सुभाष बास्तोला,कोषाध्यक्षमा प्रबेश खनाल, सहसचिवमा आष्मा उपाध्याय चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा प्रसम्सा पढ़ेरा,सचिन यादव, नबीन खनाल,सुबास अर्याल,अंजल यादव,आसिक यादव, नबीन भट्ट ,समीर सुबेदी रहनुभएको छ ।

वुमन संयोजकमा अंजू तिवारी ,एसडिएसी संयोजकमा जनार्दन लामिछाने ,एसओइ संयोजकमा रोशन साउद चयन हुनुभएको छ।

क्लबको सल्लाहकारमा नमन राज साह ,अभिषेक यादव, बिज्ञान कार्की, दिनेश चापागाइ चयन हुनुभएको जानकारी पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निवर्तमान अध्यक्ष अभिषेक यादवले दिनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष जगदिश भण्डारीले आफ्नो कार्यकालमा पोखरा विश्विद्यालयको क्रिकेट क्लवलाई थप उचाइ दिने, विश्वविद्यालयमा क्रिकेटलाई प्रबर्धन गर्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने, आगामी दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डर बनाएर प्रतियोगिता सञ्चालन गर्ने सोचाई रहेको बताउनुभयो ।

यस क्लबले महिला क्रिकेट विकासको लागि वुमन्स पोखरा युनिभर्सिटी क्रिकेट लिगको दुई संस्करण सम्पन्न गराई सकेको छ । त्यस्तै पोखरा युनिभसिर्टी क्रिकेट लिगका चार संस्करण सम्पन्न भएका छन् ।

चौथो संस्करणमा नेपाली टोलीबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका कुशल मल्ल, अभिनाश बोहरा, विक्रम सोब, कलमसिंह ऐरी, घरेलु क्रिकेटका विपिन रावल र खडक बोहरा लगायतका खेलाडीहरु खेल्नुभएको थियो ।

Share Now