सिमरा(बारा), २५ पौष । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बाराको सिमरामा नयाँ शाखा स्थापना गरेको छ । सिमरा शाखा बुधबारदेखि नै सञ्चालनमा आएको छ।
सिमरा उपमहानगरपालिका २, सिमरा रोडस्थित नयाँ शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले एक समारोहकाबीच उद्घाटन गर्नुभएको थियो।
सिमरा शाखाको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले आर्थिक कारोबार बैंकमार्फत गर्न सो क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताउनुभयो।
उहाँले बैंकिङ सेवाको पहुँचबाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई यस शाखाले बैंकिङ सेवा सहज रुपमा उपलब्ध गराउने बताउनुभयो। उहाँले शाखाको स्थापनाले स्थानीय र उद्योगहरुलाई बचत निक्षेप गर्न, कर्जा लिन, आयात निर्यात काम गर्न, कर्मचारीको तलब भुक्तानी गर्न पनि सहज हुने बताउनुभयो ।
बैंकका सिमरा शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखामार्फत प्रभावकारी सेवा दिइने बताउनुभयो।
सिमरा शाखाको उद्घाटनसँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन्।
सेवाग्राहीलाई सहज रुपमा उच्चस्तरीय प्रविधिमार्फत गुणस्तरीय सेवा दिंदै आएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल २ सय ६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।


















