काठमाडौं, २५ पौष । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिमालयन लघुवित्त हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हो ।
संंस्थाका अध्यक्ष बिजय मान नकर्मीको सभापतित्वमा बुधबार काठमाडौंमा सम्पन्न भएकोे साधारण
सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ ।
सभामा वित्तीय संस्थाका अध्यक्ष बिजयमान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनी महानुभावहरुको अपेक्षा पूरा गर्न संस्था कटिबद्ध रहेको बताउनुभयो ।
उहाँले संस्थाको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सेयरधनी महानुभावहरु र नियामक निकायहरुको साथ र सहयोगको अपेक्षासहित उपस्थित शेयरधनीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले साधारणसभा सफलता पूर्वक सम्पन्न गर्नको लागि सहयोग भएकोमा सम्पूर्णमा धन्यवाद दिनुभएको थियो ।
साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दाबढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब ४० करोड भन्दा बढी लगानी गरेकोे छ ।


















