काठमाडौं, ४ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मन्दिप लुईटेल नियुक्त हुनुभएको छ ।
कम्पनीको सञ्चालक समितिले गत पुस २९ गते उनीसँग एक करार सम्झौता गरी माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो।
सप्तरी निवासी लुईटेल यसअघि सानीमा क्यापिटल लिमिटेडमा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत हुनुहुन्थ्यो ।
भारतको पुनेबाट एमबीए गर्नुभएका लुईटेलले काठमाडौं विश्वविद्यालयबाट ईन्जिनियरिङ्गमा स्नातकोत्तर पनि गर्नुभएको छ ।
उहाँले भारतको मुम्बईस्थित आइसीआइसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केटर स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा पनि म्यानेजर भई काम गर्नुभएको थियो ।


















