काठमाडौं, ९ माघ । माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्राथमिक शेयर निष्काशनको लागि एनआईएमबी एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
प्राथमिक शेयर निष्काशन र बिक्री प्रबन्धक नियुक्ति संम्बन्धी संझौता हालै सम्पन्न भएको छ । संझौतामा कम्पनीका तर्फबाट अध्यक्ष अर्जुनप्रसाद पौडेल र क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र त्यसपछि सर्वसाधरणका लागि २५ करोड ८० रुपैया बराबरका २५ लाख ८० हजार कित्ता शेयर जारी गर्ने छ ।
माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट कम्पनी लिमिटेडले अहिले १२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सोलखुम्बु जिल्लाको दुधकुण्ड नदीमा निर्माणाधिन उक्त आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भएको जनाइएको छ ।