Prakash Adhikari January 25, 2024

काठमाडौं, ११ माघ । राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा सत्ता गठबन्धनका चारैजना उम्मेदवार विजयी भएका छन्।

बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका चार जना उम्मेद्वार निर्वाचित भएका छन् ।

राष्ट्रिय सभामा बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि बिहीबार हेटौंडामा भएको निर्वाचनमा नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित हुनुभयो ।

अपाड.गको कोटाबाट उठ्नुभएका अधिकारीको पक्षमा ६ हजार ३ सय ८३ मतभार परेको छ।

बागमतीमा अन्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीतजङ्ग बस्नेत ६ हजार ५ सय २१ मतभारसहित विजयी हुनुभयो।

 

बागमतीमा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी पुडासैनी महिला क्लस्टरबाट विजयी हुनुभएको हो। उहाँले ६ हजार ६ सय २६ मतभार पाउनुभयो।

राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी हुनुभएको छ।

दलित क्लस्टरका उम्मेदवार रिजालले ६ हजार ५ सय १२ मतभार पाउनुभएको थियो , उहाँलाई प्रदेशतर्फ ६३ मत र स्थानीय तर्फ १ सय ६७ मत गरी कुल ६ हजार भन्दा बढी मतभार प्राप्त भएको थियो ।

कर्णालीका सबै सीट गठबन्धनलाई

राष्ट्रिय सभा सदस्यका लागि आज भएको निर्वाचनमा कर्णालीबाट सत्तागठबन्धनका सबै उम्मेदवार विजयी भएका छन्।

कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल र माओवादीबाट कालीकोटका विष्णु विक विजयी हुनुभएको हो।

कर्णालीमा खाली हुने तीन सिटमा महिलातर्फ मल्ल, दलिततर्फ विक र अन्यतर्फ रोकाया सत्तागठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो।

यसअघि कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच राष्ट्रिय सभाका ३ सिटमा १–१ सिट लिने गरी भागबन्डा भएको थियो।

यस्तै, नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनेका विमलाकुमारी शाही, हिक्मत विक र डिल्लीप्रसाद भट्ट पराजित हुनुभएको छ।

हुम्लाकी शाही महिला क्लस्टर, दैलेखका हिक्मत विक दलित क्लस्टर र मुगुका भट्ट अन्य क्लस्टरबाट राष्ट्रिय सभा सदस्य उठ्नुभएको थियो।

महिलातर्फ गठबन्धनबाट विजयी सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ य १५ मत र एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गर्नुभएको छ।

यस्तै, दलिततर्फ विजयी गठबन्धनका विष्णु विकले प्रदेश सभामा २९ मत र स्थानीयतर्फ १ सय २० मत प्राप्त गर्नुभयो।

एमालेका हिक्मत विक प्रदेश सभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गर्नुभएको थियो।

अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० मत र स्थानीयतर्फ १ सय २० मत प्राप्त गरेर जित हासिल गर्नुभयो। एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशसभा १० र स्थानीयतर्फ ३६ मत प्राप्त गर्नुभयो।

Share Now