बफेलोपार्क(इष्ट लण्डन, दक्षिण अफ्रिका), १२ माघ । आईसीसी यु १९ विश्वकप क्रिकेट अन्तरगत आज नेपाल र अफगानिस्तानबीच भएको खेलमा अफगानिस्तानले नेपाललाई सहज लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको इष्टलण्डनस्थित बफलोपार्कको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. रोजेको अफगानिस्तानले ५० ओभरको खेल ४१.४ ओभरमा १ सय ४५ रन जोडेको थियो ।
अफगानिस्तानको लागि एएम घजानफारले ३७, नसिर खाँन मारुफ्खितले ३१, फारिदून, दाउदजाइले २९,हसन इशाखिलले २०,सोहेल खान जुर्मातीले ४ र जम्सिद जर्दाले ३ रनको योगदान गरे । नूमन साह, खालिद तानेवाल, अलि अहमद,अराब गुल खाता नखोली आउट भए भने खालिद अहमद शून्य रनमा नट आउट रहे ।
आजको खेलमा नेपाली बलरहरुले सुरुदेखि आक्रमक बलिड. गरे । आजको खेलमा आकाश चन्द चम्किए । उनले ५ विकेट लिए । खेलमा दिपेश कँडेलले २, तिलक भण्डारी,सुवास भण्डारी र गुल्शन झाले एक एक विकेट लिएका थिए ।
पहिलो इनिड.को खेलले नेपाल सुपर सिक्समा छनोट हुने संभावना देखाएको छ । समूह चरणमा नेपालको यो अन्तिम खेल हो । यस अगाडि भएका न्युजिल्याण्ड र पाकिस्तानसंगको खेलमा नेपाल विजयी हुन सकेको थिएन ।


















