धरान(सुनसरी), १४ माघ । सुनसरीको धरान निवासी पूर्व ब्रिटिश गोर्खा सैनिक सुवास राईलाई बेलायतका राज चार्ल्स तृतीयबाट सम्मानित हुनुहुने भएको छ।
राईलाई बेलातयी राजा चार्ल्स तृतीयले मेम्बर अफ द अर्डर अफ द बृटिश एम्पायर (एमबीई) पदबीबाट सम्मान गर्ने हुनुभएको छ।
लामो समय ब्रिटिश गोर्खा सैनिकमा काम गरेर अवकास पाउनुभएका राई हाल नेपाली कांग्रेसको राजनीति र सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ। उहाँ अहिले नेपाली कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ ।
चार्ल्स तृतीयले राईलाई घोषणा गरेको उक्त सम्मान बेलायतका राजाले प्रदान गर्ने देशकै तेस्रो ठूलो सम्मान हो।
ब्रिटिश गोर्खा सैनिकमा रहँदा र अवकास पाएपछि पनि उनले बेलायत सरकार र सेनालाई निरन्तर सहयोग गरेर सामाजिक क्षेत्रमासमेत सक्रिय भूमिका निर्वाह गरेकाले उक्त सम्मान प्रदान गर्ने घोषणा गरिएको हो।
बेलायतका राजाद्धारा आगामी जुलाईमा राईलाई उक्त सम्मान दिनुहुने कार्यक्रम छ । राईले बेलायतका राजाबाट सम्मानित हुन पाउँदा गौरवान्वित भएको बताउनुभएको छ ।


















