Prakash Adhikari January 30, 2024

 

काठमाडौं, १६ माघ । पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ। मंगलबार बिहान उहाँको निधन भएको हो।

न्यायाधीश मरासिनीको शव कलंकीको नेसनल अस्पतालमा राखिएको छ।

बिहान ९ बजेतिर एक्कासि स्वास्थयमा समस्यादेखिपछि उहाँलाई अस्पताल पुर्‍याइएको थियो।

अस्पतालले बिहान १० बजे मरासिनीलाई मृत घोषित गरेको उच्च अदालत स्रोतले जानकारी दियो। ५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर हुनुभएको थियो ।

 

Share Now