काठमाडौं, २४ बैशाख । बुटवल पावर कम्पनी लिमिटेड जलविद्युत आयोजना निर्माणमा आक्रामक ढगले अगाडि बढेको छ । कम्पनीले चिनियाँ साझेदारहरुसँग मिलेर मस्र्याड.दी करिडरका ८८२ मेगावाट क्षमताको दुई जलविद्युत्त आयोजनाको सम्पूर्ण सेयर खरिद गरेको छ ।
कम्पनीले नियामक निकायहरुलाई आइतबार दिएको जानकारी अनुसार चिनियाँ साझेदारसँग मिलेर उसले ६०० मेगावाटको अपर मस्र्याङ्दी–२ र २८२ मेगावाट क्षमताको मनाड. मस्र्याड.दी आयोजनाका शेयरहरु खरिद गरेको हो ।
भारतको जीएमआर र नेपाली साझेदारहरुको हिमताल हाइड्रोपावर कम्पनीले निर्माणको चरणमा पुर्याएको अपर मस्र्याङ्दी–२ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार हुनुको साथै जग्गा अधिग्रहण र पूर्वाधारहरुमा समेत पर्याप्त लगानी भएको छ । बीपीसीले यसलाई वित्तीय व्यवस्था गरेपछि तुरुन्तै अगाडि बढाउन सक्नेछ । वीपीसीको अगुवाईमा हिमतालका स्थानीय तथा विदेशी लगानीकर्ताबीच बैशाख २१ गते शेयर खरिद संझौता भएको थियो ।
कम्पनीले खरिद गरेको मनाड. मस्र्याड.दी आयोजना भारतको राजरत्न इनर्जी होल्डिड.स र नेपालको मस्र्याड.दी पावर लिमिटेडको लगानीमा विकास गर्न लागिएको थियो । यो आयोजना खरिदका लागि बीपीसीको अगुवाईमा उसका चिनिया साझेदार र आयोजनाका विदेशी विकासक राजरत्नसंग २०७४ चैत्र १२ र स्थानीय साझेदारहरुबीच चैत्र १५ मा खरिद बिक्री संझौता भएको थियो ।
नेपालको बुटवल पावर कम्पनीले चिनिया साझेदारहरुसंगको लागनीमा नयाँ आयोजनाहरु निर्माण गर्न एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी स्थापना गरेको छ । यसमा बीपीसीको १९.४ प्रतिशत र चिनिया साझेदारको बाँकी स्वामित्व रहनेछ ।
लगानी जुटाउन र उत्पादित विद्युत निर्यातको लागि कठिनाई झेलिरहेका भारतको जीएमआर र राजरत्न इनर्जी होल्डिङसले बुटवल पावर कम्पनी र साझेदारलाई सम्पुर्ण स्वामित्व बिक्री गरेका हुन् ।
गत मंसिर ६ गते चिनियाँ सीजीआईजीको ६२ प्रतिशत, सीएक्सआईजीको १५ प्रतिशत , क्यूवाईईसीको १२ प्रतिशत र बाँकी बीपीसीको शेयर स्वामित्व रहने गरी उद्योग मन्त्रालय अन्र्तगतको कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता भएको गरिएको थियो । अधिकृत पुँजी १ अर्ब ९० करोड रहेको कम्पनीले ५ बर्षभित्र २ खर्ब बराबरको जलविद्युत् आयोजनामा लगानी गर्ने लक्ष्य राखेको छ ।
संयुक्त लगानीको कम्पनीको बारेमा जानकारी दिन ७ मंसिरमा आयोजित कार्यक्रममा बीपीसी सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतीले पाँच वर्षभित्र एक हजार मेगावाट जलविद्युत् आयोजनामा लगानी गर्ने गरी चिनियाँ कम्पनी र वीपीसी मिलेर लगानी कम्पनी निर्माण भएको उल्लेख गर्दै पहिलो चरणमा १ सय मेगावाटको तल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्य राखिएको बताएका थिए । यो आयोजनाको लाइसेन्स बुटबल पावर कम्पनीसंगै नै रहेको छ ।
आयोजना निर्माणका लागि सीजीआईजी इन्टरनेशनल नेपाल हाइड्रो डेभलपमेन्ट कम्पनीले स्पेशल पर्पस भेइकलको रुपमा सहायक कम्पनी निर्माण गरेर अघि बढ्ने लक्ष्य राखिएको बताएका थिए ।
४ं मेगावाट क्षमताको खुदी आयोजनामा संयुक्त लगानी कर्ताको रुपमा प्रवेश गरेको बीपीसीले मस्र्याड.दीको सहायक नदी न्यादीमा ३० मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
१२ मेगावाट क्षमताको झिमरुक र ९.४ क्षमताको आँधीखोलाको पूर्ण स्वामित्व रहेको बीपीसीको ६० मेगावाट क्षमताको खिम्तीमा पनि शेयर स्वामित्व रहेको छ भने यसले पूर्वको पाँचथरमा विश्व बैंकको सहयोगमा ३७ .६ मेगावाटको कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
हिमाल पावर लिमिटेड ,हाइड्रो ल्याब र झिमरुक इन्ड्रष्ट्रियल डेभलपमेण्ट कम्पनी बीपीसीका एशोसियट कम्पनीको रुपमा रहेका छन् भने बीपीसी सर्भिस लिमिटेड, हाइड्र्र्रो कन्सल्ट इञ्जिनियरिड. लिमिटेड, नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक सर्भिस लिमिटेड,न्यादी पावर र कावेली इनर्जी लिमिटेड यसका सहायक कम्पनीको रुपमा रहेका छन् ।