Prakash Adhikari February 4, 2024

 

काठमाडौं, २० माघ। नेपालको आन्तरिक बजारको अग्रणी हवाई सेवा बुद्ध एयरले भ्यालेन्टाइन डे लक्षित कार्यक्रम सार्वजनिक गरेको छ ।

आगामी १४ फेब्रुअरीका दिन मनाइने भ्यालेन्टाइन डेमा माउन्टेन फ्लाइट गर्नेलाई बुध्द एयरले बाई वान गेट वान फ्री कार्यक्रम ल्याएको छ ।

भ्यालेन्टाइन डे हरेक बर्ष १४ फेब्रअुरीका दिन विश्वभर मनाइन्छ ।

माउन्टेन फ्लाइटको लागि बुद्ध एयरले प्रति टिकटको मूल्य १३ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।

यस अन्तगर्त एकजना यात्रुले अर्को यात्रुलाई विन्डो शेयर गर्नुपर्नेछ । यस दिन बुध्द एयरले उडान भर्ने यात्रुहलाई थप गिफ्टहरु दिने पनि जनाएको छ । टिकट बुध्द एयरको जुनसुकै सेल्स काउण्टरबाट लिन सकिने  छ ।

Share Now