क्वालालम्पुर(मलेशिया), २ फागुन । मलेशियामा भैरहेको एसीसी महिला प्रिमियर कपको आज भएको खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ ।
मौसम खराब भएपछि डीएसएल मेथडबाट छोट्याइएको खेलमा नेपालका लागि १२ ओभरमा ५० रनको लक्ष्य निर्धारण गरिएको थियो ।
नेपालले सो लक्ष्य २ विकेटको क्षतिमा ६.५ ओभरमा हासिल गरेको थियो ।
यस अगाडि वाईएसडी युकेएम ओभल बांगीमा भएको क्वाटरफाइनल खेलमा कुवेतले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ ।
खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो ।
कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन् । खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३÷१३ रन जोडे ।
कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई÷दुई विकेट लिए ।
नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनल प्रवेश गरेका हुन् । यसअघि नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो ।
नेपालले हङ्कङ र भुटानलाई समान आठ÷आठ विकेटले पराजित गरेको थियो भने माल्दिभ्सलाई दुई सय १४ रनको भारी अन्तरले पराजित गरेको थियो ।
कुवेतले समूह चरणको खेलमा म्यानमार र सिङ्गापुरलाई पराजित गरेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो ।
यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछन् ।