Prakash Adhikari February 14, 2024

क्यारोलिन डेभिस
इस्लामावाद(पाकिस्तान), २ फागुन (बीबीसी) । पाकिस्तानमा नवाज शरिफ र बिलावल भुट्टोका दलले नयाँ सरकार बनाउने विषयमा सहमति गरेका छन्।

गत साता सम्पन्न निर्वाचनपछि भुट्टोको दल पीपीपीले शरिफको दल पीएमएल(एनलाई सरकार निर्माण गर्न सघाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सन् २०२२ मा इमरान खानलाई सत्ताबाट हटाउन यी दुई दलले गठबन्धन गरेका थिए।

यस पटक खानको पाकिस्तान तहरीक(ए(इन्साफ (पीटीआई) दलसँग आबद्ध स्वतन्त्र उम्मेदवारहरूले अनपेक्षित रूपमा अधिकांश सीट जितेका थिए।

एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा पीपीपीका नेता असिफ अली जर्दारीले आफ्नो दलले पीएमएल एनसँग प्रतिस्पर्धा गरेको भए पनि दुवै दल राष्ट्रिय हितका लागि एकैठाउँ आइपुगेको बताउनुभयो।

“हामीले सधैँ त्यसै लड्ने कामे गरिरहन आवश्यक छैन”, जर्दारीले भन्नुभयो ।

मतपरिणाम कस्तो

पीएमएल-एनले एक विज्ञप्तिमार्फत् दुई दल राजनीतिक स्थिरताको लागि सहकार्य गर्न सहमत भएको बताएको छ।

प्रत्यक्ष निर्वाचन भएका २ सय ६६ क्षेत्रमध्ये ९३ वटामा पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरू विजयी भएका थिए। शरिफको पीएमएल(एनले ७५ सीट जितेको छ भने भुट्टको पीपीपीले तेस्रो हुँदै ५४ सीट जितेको छ।

निर्वाचनको परिणामका कारण कुन दलले नयाँ सरकार बनाउला भन्नेमा केही अनिश्चितता देखिएको थियो।

त्यसबाहेक दलहरूलाई महिला र गैरमुस्लिमका लागि ७० सीट छुट्याइएको छ।

तर थप सीट स्वतन्त्र उम्मेदवारहरूलाई उपलब्ध हुने छैन।

शहवाज शरिफलाई प्रधानमन्त्री बनाउने योजना

पीएमएल-एनकी एक अधिकारी मरियम औरङ्गजेबका अनुसार पार्टी नेता शरिफले आफ्ना भाइ शहबाजलाई प्रधानमन्त्री मनोनयन गर्ने योजना बनाइरहनुभएको छ ।

दुवै दाजुभाइ यसअघि प्रधानमन्त्री बनिसक्नुभएको छ।

शहबाज शरिफ को हुन ?

भुट्टोले आफ्नो दलले पीएमएल(एनका नेतालाई प्रधानमन्त्री बन्न सघाउने भन्नुभएको छ।

यसअघि उहाँले आफ्नो दल सररकारमा सहभागी नहुने बताउनुभएको थियो।

इमरान खानको असन्तुष्टि

पूर्वप्रधानमन्त्री इमरान खान र उहाँको दल पीटीआईले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन्।

पीटीआई निर्वाचनको नतिजालाई चुनौती दिने योजना बनाइरहेको समेत बताइसकेको छ।

ूफर्जी मतका भरमा सरकार बनाउने दुराशय नराख्न मत चेतावनी दिन्छु,ू खानले भन्नुभयो, ूदिउँसै डकैती गर्ने त्यस्तो कुराले जनताको अवमूल्यन मात्र गर्दैन, त्यसले देशको अर्थतन्त्रलाई धराशायी पनि बनाउँछ।ू

Share Now