कीर्तिपुर(काठमाडौं), ३ फागुन । आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध भैरहेको खेलमा घरेलु टोली नेपालका ब्याटरहरुले लज्जास्पद फितलो ब्याटिडं गरेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा टस हारेर ब्याटिड.मा परेको नेपालले ५० ओभरको खेल पूरा खेल्न समेत सकेन । उसले ४१.१ ओभरमा सबै विकेट गुमाउदै जम्मा १ सय ३२ रनको योगफल तयार पार्यो ।
नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा बनाएको यो अहिलेसम्म कै कम योगफल हो।
आजको खेलमा नेपाली ब्याटरहरुले ५० ओभरको खेलका लागि धैर्यता चाहिन्छ भन्ने कुरा नै बिर्सिए । ब्याटिड.मा सबैले आशा गरेका कुशल भूर्तेल पहिलो बलमा लड. सट खेल्ने धुनमा डक आउट भए । अनुभवी खेलाडीले प्रतिस्पर्धीको चाल बुझेर मात्र लड. सट खेल्छन् । आफनो टिमका भन्दा अग्ला र फुर्तिला खेलाडीहरु प्रतिस्पर्धी समूहमा रहेका बेला लड. सट खेल्नु जोखिम हुन्छ । भूर्तेलका हकमा त्यही भयो ।उनी रुवेन ट्रम्पमेनको पहिलो बलमै स्मिथबाट क्याच आउट भए ।
ट्रुपमेनकै बलमा अर्का ओपनर अनिल साह पनि तेस्रो ओभरको पहिलो बलमा ८ रन बनाएको अवस्थामा एलबीडब्ल्यू धरापमा परे । नेपालको विकेट खस्ने क्रम बढ्दै गयो । ३.५ ओभरमा आशिफ शेख ४ रन बनाएको अवस्थामा क्याच आउट भए । ९.३ ओभरमा कप्तान रोहित पौडेल १ रन जोडेको अवस्थामा आउट भए । १९. ५ ओभरमा कुशल मल्ल १५ रन बनाएर आउट भए ।
२१.४ओभरमा नेपालले २ रन बनाएका सोमपाल कामीलाई गुमायो । २७.४ ओभरमा नेपालले ४४ रन बनाएका भीम सार्कीलाई गुमायो । २१ रन बनाएका गुल्शन झा ३१.१ रनमा आउट भए । पवन सर्राफले पनि रन जोड्न सकेनन् । १२ रन बनाएका उनी ३५.३ ओभरमा आउट भए । ४२ औं ओभरको पहिलो बलमा नेपालले करन के.सी.लाई गुमायो । उनले १६ रन जोडेका थिए । ललित राजवंशीले कुनै रन जोड्न सकेनन् ।
्र्रनेपाललाई रोक्ने क्रममा नामिबियाका लागि जेहार्ड इरासमसले ५ विकेट लिए। ्र रुवेन, ब्रसेल्सले समान २ । २विकेट लिए। जान निकोलले एक विकेट आफ्नो नाममा गरे।
नेपाली राष्ट्रिय टिमका ब्याटरहरुमा ५० ओभरको खेल धेर्यतापूर्वक खेल्नुपर्दछ भन्ने चेतना मोन्टे देशाईले समेत जगाउन सकेको देखिदैन । ब्याट समाउनासाथ हत्त न पत्त जस्तो बलमा पनि लड. सट खेल्न खोज्ने नेपाली ब्याटरहरुको कमजोरी देखिन्छ । खराब बललाई खेर जान दिएर राम्रा बलमा लड. सट खेल्दा मैदानमा टिकेर रन जोड्न सकिन्छ भन्ने कुरालाई आत्मसात गरेको दिन नेपाली ब्याटरहरुले पक्कै पनि राम्रो गर्न सक्दछन् ।।


















