काठमाडौं, ३ फागुन । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० हजार मेट्रिक टन मल ल्याउन बोलपत्र आह्वान गरेको छ।
कर्पोरेसनले युरिया मल खरिदका लागि बोलपत्रदाताहरुलाई आह्वान गरेको हो।
बिहीबार प्रकाशित विज्ञापनअनुसार आगामी ६ मार्च १२ बजेसम्म कागजात खरिद गरी सोही दिन दिउँसो १ बजेसम्म बुझाउन सकिनेछ।
प्राविधिक बोलपत्रका कागजात सोही दिन दिउँसो २ बजे खोलिनेछ ।
प्राविधिक प्रस्ताव मूल्यांकन गरेर योग्य बोलपत्रदाताको सूची १० मार्च ५ बजेभित्र प्रकाशित गरिने छ ।
प्राविधिक रुपमा योग्य बोलपत्रदाताहरुको वित्तीय प्रस्ताव १५ मार्चका दिन दिउँसो १ बजेसम्म पेश गर्न सक्नेछन् ।
पेश भएका वित्तीय प्रस्तावहरु सोही दिन दिउँसो २ बजे खोलिने छ ।
मल खरिदमा इच्छुक खरिदकर्ताले दुईवटा बोलपत्र पेस गर्नुपर्नेछ। आफूले खरिद गरी ल्याउन चाहेको रकम बाहिर खुलाएको पाइए त्यो बोलपत्र स्वतः रद्द हुने कर्पोरेसनले जनाएको छ। खरिदकर्ताले उक्त रकम अमेरिकी डलरमा उल्लेख गर्नुपर्नेछ।