Prakash Adhikari February 21, 2024

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ४० बुँदे माग पत्र बुझाएको छ ।

उसले ती मागहरु पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएको छ ।

बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर ४० बुँदे मागपत्र बुझाएको हो ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवम् जनजीविकासँग सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग बुझाएको हो ।

संघीय गणतान्त्रिक संविधानको रक्षा र कार्यान्वयन गर्ने सपथ खाएको प्रधानमन्त्रीले राप्रपाका माग पूरा गर्नसक्ने अवस्था छैन् । यसैले राप्रपा आन्दोलनमा जानुको विकल्प पनि देखिदैन । उसले २०५२ सालमा तात्कालीन जनमोर्चा नेपालका तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र दिएर माओवादीहरु सशस्त्र संघर्षमा गए जस्तै पाराले राप्रपाले आन्दोलन चलाउन खोजेको छ । देशमा राजनीतिक व्यवस्था,दल र नेताहरुप्रति बढ्दो असन्तुष्टिलाई राप्रपाले कसरी भजाउछ ? त्यसमा उनीहरुको आन्दोलनको भविष्य निर्भर गर्दछ ।

सनातन हिन्दु धर्मका बारेमा नेपाली कांग्रेस समर्थकहरुले पनि झुकाव देखाएकोले राप्रपाका विरोध सभा र र्यालीहरुमा मान्छको भीड भने बढ्ने निश्चितै छ ।

 

Share Now