कीर्तिपुर(काठमाडौं), १३ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा टस हारेर ब्याटिड. गरिरहेको नेपालले ३० औं ओभर भित्र छैठौ विकेट गुमाएको छ ।
नेपालले छैठौं विकेटको रुपमा भीम सार्कीलाई गुमाएको हो । उनी बास डे लिडले फालेको ३० औं ओभरको तेस्रो बल सामना गर्ने क्रममा शून्य रनमा आउट भएका थिए ।
नेपालले पाँचौ विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । २८ औं ओभरमा वास डे लिडले फालेको चौथो बलमा रन लिने क्रममा ऐरी रन आउट भएका हुन् ।
यस पहिले चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको छ । आर्यन दत्तको बलमा २५ औं ओभरको तेस्रो बलमा ब्याटिड. गर्ने क्रममा उनी क्याच आउट भएका हुन् । उनले ४० बलमा २ चौकाका मद्दले १६ रन जोडेका थिए ।
यस पहिले नेपालले तेस्रो विकेटको रुपमा कुशल मल्ललाई गुमाएको हो । उनी १३ ओभरको अन्तिम बलमा आर्यन दत्तले फालेको बलमा एलबीडब्यू घरापमा परेका थिए ।
नेपालले दोस्रो विकेटको रुपमा ११ ओभरको अन्त्यमा ब्याटर अनिल साहलाई गुमाएको हो । उनी भिभियन किंगमाको बलमा ७ रन बनाएको अवस्थामा आउट भएका थिए ।
यस पहिले नवौं ओभरको तेस्रो बलमा नेपालले उनै किंगामको बलमा नेपालले ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी १७ रन बनाउदा आउट भएका थिए ।
अहिले खेल २७ ओभरको अन्त्यमा ९२ । ४ को अवस्थामा रहेको छ ।
यस पहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपाल ब्याटिड.मा परेको थियो।
आज नेपाली टोलीमा दुई परिवर्तन भएको छ । देव खनाल र सोमपाल कामीले विश्राम पाउँदा गुलशन झा र आरिफ शेख टोलीमा आएका छन् ।
नेदरल्यान्ड्सले पनि टोलीमा एक परिवर्तन गरेको छ । शारिज अहमदको स्थानमा विक्रमजित सिंह टोलीमा आएका छन् । उनको लागि यो सिरिजको पहिलो खेल हो ।
नेपालको प्लेइङ ११ः
कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहितकुमार पौडेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, ललित नारायण राजवंशी
नेदरल्यान्ड्स प्लेइङ ११ः
माइकल लेभिट, म्याक्स ओ डाउड, साइब्रान्ड एंगलब्रेक्ट, विक्रमजित सिंह, बास डे लिड, तेजा निदामनुरु, नोआ क्रोस, स्कट एडवार्ड्स, रोलफ भान डर मर्व, आर्यन दत्त, भिभिएन किंग्मा