काठमाडौं, ३० फागुन । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको वार्षिक साधारण सभा चैत २३ गते बस्ने भएको छ ।
कम्पनीको आज (फागुन ३० गते, बुधबार ) बसेको सञ्चालक समिति बैठकले साधारण सभाको मिति र एजेण्डा तय गरेको हो ।
उक्त सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।साथै, आर्थिक वर्ष २०७९ । ८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगद प्रवाह लगायतका विषयमा छलफल हुनेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत ८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।



















