कीर्तिपुर(काठमाडौँ ), २५ चैतः आयरल्याण्ड ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा टस हारेर पहिले बलिङ गरिहेको नेपाल ‘ए’ लाई छैठौं सफलता मिलेको छ ।
खेलको ३४ औं ओभरमा नेपाललाई छैठौंसफलता हात लागेको हो । नेपाललाई छैंठौं सफलता रञ्जित कुमारले दिलाएका हुन् । उनले ३३. १ ओभरमा आयरल्याण्ड एका ग्याभियन होयलाई आउट गरेका हुन् ।
नेपालका रिजन खनालले पाँचौं ओभरमा आयरल्याण्डका निल रकलाई आउट गरेका छन् । यस अगाडि चौथो विकेट पनि उनैले गिराएका थिए ।उनले आयरल्याण्डका मोरगन टपिड.लाई एलबी डब्ल्यू पारेका थिए ।
त्यस अगाडि नेपालका रञ्जित कुमारले आयरल्याण्डका क्याडे कारमिचेलको विकेट लिएका थिए ।
नेपालका लागि दोस्रो सफलता साहब आलमले १३.३ ओभरमा दिलाएका थिए । उनले ४४ रन बनाएका आयरल्याण्डका पिटर मूरलाई बिदा दिएका थिए ।
नेपाललाई पहिलो सफलता विकास अग्रीले दिलाएका थिए । उनले ५.३ ओभरमा ओपनर जेम्स म्याककुलमको विकेट लिएका थिए ।
यस पहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर नेपाल ‘ए’लाई बलिङको निम्तो दिएका थिए ।
तीन खेलको शृङ्खलामा आयरल्याण्ड ‘ए’ले सुरुका दुई खेल जित्दै शृङ्खलामा कब्जा जमाइसकेको छ । आज नेपाल ‘ए’ सान्त्वना जितको खोजीमा छ ।
नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो ।
नेपालको आजको प्लेइङ ११ मा कप्तान विनोद भण्डारीसँगै अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, सहाब आलम, रञ्जित कुमार, रुपेश, रिजन, विकास आग्री छन् ।


















