Prakash Adhikari April 17, 2024

 

काठमाडौं, ५ बैशाख । नेशनल लाईफ इन्स्योरेन्सबाट तीन महिनाभित्रै तीन जना अभिकर्ताहरु डलर राउण्ड टेबल(एमडिआरटी) २०२५ बन्न सफल भएका छन ।

कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनौट हुन सफल हुनुभएको छ ।

एमडिआरटी–२०२५ को लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

एमडिआरटी – २०२५ को लक्ष्य पूरा गर्नुहुर्न अभिकर्ताहरुले आगामी ९ महिनाभित्र सीओटी (कोर्ट अफ द टेवल) र टीओटी (टप अफ द टेवल) को लक्ष्य समेत पूरा गर्ने गरी बीमा व्यवसायलाई अगाडि बढाउने धारणा व्यक्त गरेका थिए ।

एमडिआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सीओटी र ६ गुणा प्रिमियममा टीओटी छनौट हुने प्रावधान रहेको छ ।

Share Now