अल इमिरात(ओमान), ५ बैशाख । एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आज नेपाली राष्ट्रिय टिमले समूह चरणको अन्तिम खेलमा साउदी अरबसँग खेल्दैछ।
ओमानको अल अमरेत क्रिकेट मैदान दुई मा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। नेपालले एक खेल पहिले नै सेमिफाइनलमा स्थान बनाइसकेको छ । नेपाल आज साउदी अरेबियालाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ।
साउदी अरेबियाले नेपालमाथि जित निकालेपनि अघिल्लो चरणको यात्रा नेट रनरेटको आधारमा तय गर्ने छ।
समूह ‘ए’ मा ३ खेलमा अपराजित रहेको नेपाल ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। ४ खेल खेलेको कतार ४ अंकसहित दोस्रो स्थानमा छ। साउदी, मलेसिया र हङकङले समान ३ खेलबाट २ । २ अंक हासिल गरेका छन्।
समूह ‘ए’ अन्तर्गत नै आज नेपाल र साउदी खेल भैरहदा सोही समयमा मलेसिया र हङकङ खेल्नेछन्।
त्यसैले नेपाल बाहेकका अन्य टोलीको अघिल्लो चरण यात्रा नेट रनरेटमा भर पर्नेछ।
नेपालले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता टोलीसँग खेल्नेछ। त्यसैले सेमिफाइनलमा नेपालको भेट कुवेत र युएई मध्य ए टोलीसँग हुनेछ।
समूह ‘बी’ बाट ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ भने अर्को एकमा कुवेत र युएईको सम्भावना बलियो छ।
यो समूहमा समान ३ खेल खेलेका कुवेत र युएईको समान ४ अंक छ। ४ खेलबाट २ अंक बनाएको बहराइन र कम्बोडिया भने समूह चरणबाट नै बाहिरिसकेका छन्।
आज नै समूह ‘बी’ मा कम्बोडिया र युएई बीचमा खेल हुनेछ भने अर्को मैदानमा ओमान र कुवेत भिड्ने छन्।