वेष्टइण्डिज ‘ए’ संग खेल्ने नेपाली टोलीको घोषणा ; रोहित पौडेलको नेतृत्वमा १६ सदस्यीय बन्यो नेपाली टिम
काठमाडौं, १३ बैशाख । नेपाल भ्रमणमा रहेको वेष्ट इण्डिज ए संग ५ वटा टी २० खेल खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघले आज नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित शर्माको नेतृत्वमा वेष्ट इण्डिज ए विरुद्ध खेल्ने नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ ।
नेपालले घोषणा गरेको टोलीमा एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । ओमानमा भने वैकल्पिक खेलाडीको रुपमा स्थान बनाएका युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए संग खेल्ने सिरिजमा समाविष्ट छन् ।
नेपाली टोलीमा कप्तान रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव र आकाश चन्द रहेका छन् ।
आइसीसी टी २० विश्वकपको तयारीका लागि नेपालको आमन्त्रणमा वेष्ट इण्डिज ए को टोली नेपालसंग ५ टी २० खेल खेल्न बुधबार काठमाडौं आइपुगेको छ ।
वेष्ट इण्डिजबाट सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका १२ खेलाडी समेट्दै १५ सदस्यीय टोली नेपाल आइसकेको छ ।
वेस्ट इन्डिज ‘ए’ टोलीमा कप्तान रोस्टन चेज , एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स रहेका छन् ।
नेपाल र वेष्ट इण्डिजबीचको ५ खेलको टी २० सिरिज वैशाख १५ गते शनिबारदेखि सुरु हुँदैछ ।
नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।


















