कीर्तिपुर(काठमाडौं), २२ वैशाख। नेपालको मैत्रीपूर्ण निमन्त्रणामा आएको वेष्ट इण्डिज ए क्रिकेट टोलीले नेपाल भ्रमण श्रृखलाको पाँचौ तथा अन्तिम खेलमा १६.३ ओभरमा १ सय ३७ रन जोडेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिड. गरेको पाहुना टोली आज पनि लयमा देखिएको छ।
अहिले १६.३ ओभरमा नेपालले नेपालले पाँचौ विकेट गिराएको छ भने वेष्ट इण्डिजले १ सय ३७ रन जोडेको छ ।
नेपालका लागि पाँचौ सोमपालले लिएका हुन् ।
चौथो विकेट अभिनास बोहोराले गिराएका थिए ।
यस अगाडि सागर ढकालले ३ विकेट गिराएका थिए ।
शृङ्खलामा वेस्ट इन्डिज ३–१ ले अगाडि रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।
आजको खेलमा नेपालले वेस्ट इन्डिजसको ए टोलीलाई हराउँदै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । नेपालले टोलीमा आज दुई खेलाडीलाई परिवर्तन गरिएको छ । गुल्सन झा र ललितनारायाण राजवंशी बेन्चमा रहँदा अनिकुमार साह र सागर ढकालले मौका पाएका छन् ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा र सन्दीप जोरा छन् ।
—


















