Prakash Adhikari May 16, 2024

काठमाडौं, ३ जेठ । एकै ओभरमा ६ वटा छक्का हिर्काएका नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट बरियताक्रममा शीर्ष १० मा पर्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हालै सार्वजनिक गरेको टी २० आई अलराउन्डर वरीयतामा दीपेन्द्र १०औँ स्थानमा पुगेका हुन्।

टी २० आईको अलराउण्डर क्याटगोरीमा पहिलो स्थानमा बंगलादेशका शकिव अल हसन (२२८), दोस्रोमा श्रीलंकाका वनिन्दु हसरंगा छन्। उनको रेटिङ पनि २२८ नै छ। तेस्रोमा अफगानिस्तानका महम्मद नाबी (२१८), चौथोमा जिम्बाब्वेका सिकन्दर राजा (२१०), पाँचौँमा दक्षिण अफ्रिकाका आइदेन मार्कर्‍याम (२०५), छैठौँमा अस्ट्रेलियाका मार्कस स्टोइनिस (२०४), सातौँमा भारतका हार्दिक पाण्ड्या (१८५), आठौँमा इंग्ल्यान्डका लायम लिभिङस्टोन (१७५) र नवौँमा इंग्ल्यान्डकै मोइन अली (१७३) छन्।

दशौँ स्थानमा रहेका दीपेन्द्रले १६९ रेटिङ पाएका छन्।

एक दिवसीय ब्याटिङ वरीयतामा नेपालका आसिफ शेख ७५औँ स्थानमा छन्। उनको १ स्थान खस्केको छ। त्यसैगरी कुशल भुर्तेल ७८औँ स्थानमा छन्। उनको २ स्थान खस्किएको छ। यता रोहित पौडेलले भने एक स्थान सुधार गरेर ९३औँ स्थानमा छन्।

टी २०आई ब्याटिङ वरीयतामा दीपेन्द्र ५०औँ स्थानमा छन् भने रोहित ६१औँ, आसिफ शेख ८७औँ स्थानमा छन्।

Share Now