काठमाडौं, ८ जेठ ।एमाले र माओवादी एकीकृत भएर बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीले आफ्नो ४ सय ४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको छ ।
दुई पार्टीबीच जेठ ३ गते एकीकरण भएको थियो ।
नेकपाका महासचिव विष्णु पौडेलद्धारा मंगलबार सार्वजनिक गरिएको सूचीमा ४ सय ४१ केन्द्रीय सदस्य तथा ६ जनालाई स्थायी आमन्त्रित सदस्यका रुपमा रहेको उल्लेख गरिएको छ।
केन्द्रीय सदस्यको एक नम्बरमा अईन्द्र सुन्दर नेम्वाङ र अन्तिममा ज्ञानु बस्नेतको नाम रहेको छ।
त्यसैगरी आमन्त्रित स्थायी सदस्यहरुमा अमिक शेरचन, अमृतकुमार बोहरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी रहेका छन्।
यी हुन ४ सय ४१ केन्द्रीय सदस्य :