Prakash Adhikari June 12, 2024

 

फ्लोरिडा(संयुक्त राज्य अमेरिका), ३० जेठ । आइसीसी टी २० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह डी को खेल वर्षा र मैदान भिजेको कारण टस नै नभई रद्द भएको छ ।
खेल रद्द भएसंगै नेपाल र श्रीलंकाले १ । १ अंक बाँडेका छन् ।

फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो । साँझ ७ः३० बजे वर्षा रोकिएपनि मैदानको अवस्थाका कारण खेल हुन सकेन ।

नेपालको यससँगै २ खेलमा १ अंक भएको छ । ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।

अब बंगलादेश र नेदरल्यान्ड्सबीचको खेल वर्षाले रद्द भए मात्र श्रीलंका अगाडि बढ्ने अंकगणितीय सम्भावना रहनेछ ।

यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २ । २ अंक छ ।

नेपालले अब शुक्रबार दक्षिण अफ्रिका र आइतबार बंगलादेशको सामना गर्नेछ ।

अब हुने खेलमा नेपालका चर्चित क्रिकेट र सन्दीप लामिछाने पनि सहभागी हुने छन् ।

नेपालले कुनै एक वा दुवै राष्ट्रलाई पराजित गर्ने संभावना पनि छ ।

Share Now