Prakash Adhikari June 15, 2024

किङ्कटाउन (सेन्टभिसेन्ट), १ आषाढ । आईसीसी पुरुष टी ट्वान्टी विश्वकप अन्तरगत समूह चरणको तेस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

सेन्टभिसेन्टको किंग्स्टाउन रंगशालामा भएको खेलमा नेपालका विश्व कीर्तिमानी चर्चित खेलाडी दीपेन्द्रसिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकी ओपनर क्विन्टन डि ककको महत्वपूर्ण विकेट लिएका छन् ।

उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए । डि कक ११ बलमा १० रन बनाउँँदै बाहिरिएका हुन। ३.४ ओभरमा एक विकेटको क्षतिमा दक्षिण अफ्रिकाले २२ रन बनाएको छ ।

ठस जितेर फिल्डिङ गर्दै नेपाल

आजको खेलमा नेपालले दक्षिण अफ्रिका विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

नेपाली राष्ट्यि टिममा सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन्। सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा समेटिएका हुन्। बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ।

आइसीसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेल स्थानीय समय अनुसार आज साँझ ७ः३० बजेदेखि (नेपाली समय अनुसार शनिबार बिहान ५ः१५ बजेदखि) आर्नस भेल स्टेडियममा भैरहेको छ ।

दक्षिण अफ्रिका यस पहिलेकासबै ३ खेल जित्दै ६ अंकका साथ विश्व कपको सुपर एटमा पुगिसकेको छ ।

यत नेपाल भने अमेरिकाको ड्याल्लासमा भएको पहिलो खेलमा चिसो मैदानमा बलिड. र ब्याटिड. दुवैमा चिप्लदा नेदरल्यान्ड्सँग पराजित हुन पुग्यो । श्रीलंका संग फ्लोरिडामा हुने अर्कोख खेल बर्षाले रद्द भएपछि नेपाल दुई खेलमा १ अंक लिएर तेस्रो खेलमा दक्षिण अफ्रिकासंग भिडिरहेको छ । अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।

समूहमा बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अंक छ ।

फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट आइपुग्दा स्पिनर सन्दीप लामिछाने थपिनुले नेपाली टोलीको मनोबल बढेको छ । सन्दीप ७ महिनापछि राष्ट्रिय टोलीमा फर्केका हुन् । उनले सागर ढकालको ठाउँ लिएका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध दुई विकेट लिन सकेको खण्डमा टि ट्वान्टी आईमा उनको विकेट संख्या एक सय पुग्नेछ ।

नेपाली टोली
कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह एरी,सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहोरा

Share Now