किङ्कटाउन (सेन्टभिसेन्ट) १,आषाढ । आईसीसी पुरुष टी ट्वान्टी विश्वकप अन्तरगत वेष्ट एण्डिजमा भैरहेको आजको खेलमा नेपालले दक्षिण अफ्रिकाको चौथो विकेट लिएको छ । तेपाललाई पहिलो र चौथो विकेट दीपेन्द्रसिंह ऐरिले दिलाए भने दोस्रो र तेस्रो विकेट कुशल भूर्तेलले ।
कुशल भुर्तेलले १२ औं ओभरको दोस्रो बलमा कप्तान एडियन मार्कक्रमलाई बोल्ड गराए । भूर्तेल यतिमा रोकिएनन्, उनले १३. २ ओभरमा दक्षिण अफ्रिका हेनरिच क्लासेनलाई करन केसीबाट क्याच आउट गराए ।
दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणको खेलमा मध्यम सुरुवात गरेको छ । १५।५ मा ४ ओभरको क्षतिमा ८३ रन बनाएको छ। नेपाललाई पहिलो सफलताका रुपमा दीपेन्द्रसिंह ऐरीले क्विन्टन डि ककको विकेट लिएका थिए । उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए ।
उनै दीपेन्द्रले १५.३ ओभरमा रिजा हेन्ड्रिचलाई आउट गराए ।
आजको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । प्लेइङ ११ मा समेटिएका सन्दीप लामिछानेले २ ओभरमा किफायती बलिङ गरेका छन् । उनले २ ओभरमा ४ रन खर्चेका छन् । सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा समेटिएका हुन्। बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ।
दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसअघिका सबै ३ खेल जित्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुग्नेछ ।
अर्कोतर्फ नेपालले अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटको हारबाट विश्व कपको यात्रा सुरु गरेको थियो । अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।
दक्षिण अफ्रिकासँग हारको सामना गर्नु परेमा नेपाली टोली बंगलादेशको सामना गर्नुअघि नै विश्व कपबाट बाहिरिने छ । समूहमा बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अंक छ ।


















