Prakash Adhikari June 18, 2024

काठमाडौं, ४ आषाढ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिकै भएका शाखा सञ्जालहरुमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका ११, थापाथलीबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालेको छ ।

बैंकले अब असार २ गतेदेखि थापाथली शाखाको नामबाटै सेवा दिएको हो ।

बैंकका कर्मचारीहरुको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले उक्त शाखाको उद्घाटन गरेका थिए । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका १ मेन रोड नारायणगढबाट सेवा दिन थालेको छ ।

असार २ गतेदेखि नै मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा संचालनमा ल्याएको हो । हाल बैंकले नेपालभर फैलिएका १ सय ७४ शाखाबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Share Now